अमेरिकामा अघिल्लो साता भएको सनसनीपूर्ण हत्याकाण्डका आरोपी पक्राउ « Khabarhub

अमेरिकामा अघिल्लो साता भएको सनसनीपूर्ण हत्याकाण्डका आरोपी पक्राउ


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – बुधबार अमेरिकाको न्युयोर्कमा युनाइटेड हेल्थ केयर इन्सुरेन्सको प्रमुख कार्यकारी ब्रायन थोम्सनको हत्याका आरोपित २६ वर्षीय युवा गिरफ्तार भएका छन्। अमेरिकामा नै हल्लीखल्ली मच्चिएको तथा संसारकै सञ्चार माध्यमा प्राथमिकता पाएको सो हत्याकाण्डका आरोपी लुइगी म्यानगियोनलाई अमेरिकी प्रहरीले पेनेसेल्भिनियाबाट हिरासतमा लिएको हो। उनलाई मंगलबार अदालतमा उपस्थित गराइने छ।

व्यक्तिगत रिसाइबिको कारण सो हत्या भएको जनाइएको छ। प्रहरीले पत्रकार सम्मेलन गर्दै उनी शङ्कास्पद केही नक्कली आइडी कार्ड थियो। प्रहरी अनुसार उनो साथमा बन्दुक र मास्क पनि थियो। आई भी लिग विश्वविद्यालयबाट कम्प्युटर साइन्समा ग्र्याजुएट उनी भिडियो गेम प्रोग्राम बनाउने एउटा क्लबमा आबद्ध थिए। हिल्टनमा होटेलमा थोम्सनलाई गोली प्रहार गरिए पनि प्रहरीले शङ्कास्पद व्यक्तिको निरन्तर खोजी गरिरहेको थियो।

म्यानगियोनलाई थोम्सनको हत्या भएको सहर न्युयोर्कबाट चार सय ४५ किलोमिटर टाढा पेनेसेल्भिनियामा पक्राउ गरिएको हो। तत्काल उनलाई हतियारको बारे मुद्दा चलाइँदै छ। हत्याका बारे अझ छानबिन जारी छ। मेरिल्यान्डमा जन्मिएका उनले त्यहीँको बाल्टीमोरस्थित स्कुलबाट प्रारम्भिक शिक्षा लिएका थिए।

उनका कक्षका साथीहरूले जनाए अनुसार कक्षा कोठामा उनी शान्त थिए। साथै उनी बाल्यकलादेखि नै पढाइमा अब्बल मानिन्थे। चार वर्ष अघि नै पढाइ पुरा गरेका उनले सोही समयदेखि कम्प्युटर साइन्सको प्रोग्राम डेप्लपरको रूपमा विभिन्न कार्यालयमा जिम्मेवार तहमा रहेर काम गरेका थिए। सोमबार म्याकडोनाल्डमा पुगेका उनका बारेमा त्यहाँका कर्मचारीले शङ्का लागेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सार्वजनिक गरेको उनको तस्बिरसँग मिल्दो लागेका कारण त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन्।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ६ : १९ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा