मुग्लिन–पोखरा सडक : रातिको अवरोध हट्यो | Khabarhub Khabarhub

मुग्लिन–पोखरा सडक : रातिको अवरोध हट्यो


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकोमा सोमबारदेखि उक्त अवरोध हटेको हो ।

मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकोमा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उनले भने, ‘रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछन् ।’

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । इन्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ साना पुल निर्माण गरिएका छन् । पूर्वी खण्डमा २०७७ माघमा सम्झौता भई २०७८ वैशाखदेखि काम सुरु भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : २९ बजे

ओलीप्रति नेपालको कटाक्ष : मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट हुँदा पनि जनता सन्तुष्ट छैनन्

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट

आजका समाचार : सरकार ढल्ने आसमा प्रचण्ड, विपिनको खोजीमा आरजु र देशभर माघीको रौनक

युद्धविरामतर्फ इजरायल(हमास : विपिनको रिहाइका लागि कतारका समकक्षीसँग परराष्ट्रमन्त्रीले मागिन्

महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा बिरामी

प्रयागराज- मंगलबार महाकुम्भ स्नानको दोस्रो दिन । मकर संक्रान्ति भएकाले

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति

त्रिशूली– माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु

‘मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ’

भोजपुर– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुन्दुम पदमार्गले