रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु « Khabarhub

रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा  पाँचजना घाइते भएका छन् ।

बाराको पाँचवर्षे गढीमाई मेलाबाट सिरहातर्फ जाँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडेको स्कार्पियो सडक छाडेर जंगलतर्फ मोडिएको थियो ।

रौतहट प्रहरीका अनुसार मृत्यु हुनेमा सिरहाको अर्नामा गाउँपालिका– ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिलादेवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महङ्गी देवी महरा, ६२ वर्षीया फुलबन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कार्पियो चालक ४० वर्षीय शिव कुमार यादव रहेका छन्।

शव चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा राखिएको छ। घाइतेको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : २१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु