लुम्बिनीद्वारा चितवनसामु १६८ रनको लक्ष्य « Khabarhub

एनपीएल क्रिकेट

लुम्बिनीद्वारा चितवनसामु १६८ रनको लक्ष्य


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत लुम्बिनी लायन्सले चितवन राइनोजसामु १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएकाे छ ।

लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । यस्तै, साद बिन जफरले अविजित ५२, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।

चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक–एक विकेट लिए ।

लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानमा रहेको छ भने चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । यस्तै, चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोरेको चितवन चौथो जित निकाल्ने योजनामा छ ।

यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, चितवनले भने काठमाडौं, पोखरा र चितवनलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ३४ बजे

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ