सानिमा माई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने   « Khabarhub

सानिमा माई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने  


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई बोनस दिने घोषणा गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीका सचिव क्रान्त श्रेष्ठका अनुसार चुक्ता पुँजीको ३३ करोड ९८ लाख १७ हजार ६१० रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ७८ लाख १५ हजार १३७ रुपैयाँ बराबरको नगद लाभांश दिइने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८९ लाख ७६ हजार १०० रुपैयाँ बराबर रहेको छ ।

कम्पनीले आगामी पुस २८ गते बस्ने साधारणसभाले पास गरेपछि उक्त बोनस वितरण गर्ने छ । साधारणसभाका लागि कम्पनीले पुस ९ गने बुक क्लोजको मिति तय गरेको छ ।

पुस ८ गतेसम्म कायम रहेका लगानीकर्ताले प्रस्तावित बोनस पाउने र साधारणसभामा भाग लिन पाउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ५० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण