सानिमा माई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने   « Khabarhub

सानिमा माई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने  


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई बोनस दिने घोषणा गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीका सचिव क्रान्त श्रेष्ठका अनुसार चुक्ता पुँजीको ३३ करोड ९८ लाख १७ हजार ६१० रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ७८ लाख १५ हजार १३७ रुपैयाँ बराबरको नगद लाभांश दिइने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८९ लाख ७६ हजार १०० रुपैयाँ बराबर रहेको छ ।

कम्पनीले आगामी पुस २८ गते बस्ने साधारणसभाले पास गरेपछि उक्त बोनस वितरण गर्ने छ । साधारणसभाका लागि कम्पनीले पुस ९ गने बुक क्लोजको मिति तय गरेको छ ।

पुस ८ गतेसम्म कायम रहेका लगानीकर्ताले प्रस्तावित बोनस पाउने र साधारणसभामा भाग लिन पाउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ५० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु