महिला अधिकारमा मङ्गलादेवीको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह « Khabarhub

महिला अधिकारमा मङ्गलादेवीको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल महिला सङ्घ काठमाडौंले मङ्गलादेवी सिंहको शतवार्षिक जन्मजयन्तीका अवसरमा काठमाडौंको नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मङ्गलादेवी सिंहको योगदान महत्त्वपूर्ण रहेको बताए ।

उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मङ्गलादेवी सिंहले सङ्घर्ष गरेकै कारण उपलब्धि हासिल भएको दाबी गरे ।

उनले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गरे ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला सङ्घको स्थापना भएको थियो।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ११ : १७ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त