कप्तान रोहितको उत्कृष्ट लयले लुम्बिनीलाई राहत (तस्बिरहरू) « Khabarhub

एनपीएल क्रिकेट

कप्तान रोहितको उत्कृष्ट लयले लुम्बिनीलाई राहत (तस्बिरहरू)


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडलले जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

भलै उनी नेतृत्वको लुम्बिनी लायन्स पहिलो जित निकाल्न यसअघिका तीन खेल लगालग हार्न पुग्यो ।

मंगलबार भएको खेलमा पनि लुम्बिनीले रोहितकै बलमा चितवन राइनोजलाई ३३ रनले हराउन सफल भएको छ ।

चितवनलाई स्तब्ध बनाउने क्रममा रोहितले कप्तानी पारी खेले । ५७ बलमा ८० रन बनाएका उनले ६ चौका र ५ छक्का पनि हानेका छन् ।

यसअघि तीनवटा खेल हारेर अंक तालिकामा पुच्छरमा रहेको लुम्बिनीले कप्तान कप्तान रोहितकुमारकै अलराउण्ड प्रदर्शनमा जित निकाल्न सकेको हो ।

लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोडन सफल भयो ।

रोहित यस प्रतियोगितामा लगातार चलिरहेका छन् । उनले ब्याटिङ र बलिङ दुवैमा लुम्बिनीलाई सम्हालेका छन् ।

चितवनविरुद्धको खेलमा प्लेयर अफ द म्याच भएका रोहित जारी एनपीएलमा २०० रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।

उनले लुम्बिनीको पाँचौँ खेलमा २०० रन पूरा गरेका हुन्। रोहितले एनपीएलको पाँच खेलमा दुई सय ६१ रन बनाउन सफल भएका हुन् ।

उनले पहिलो खेलमा विराटनगरविरुद्ध ४६ रन बनाएका थिए । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९५, तेस्रो खेलमा सुदूरपश्चिमविरुद्ध पाँच रन र चौथो खेलमा  जनकपुर बोल्टसविरुद्ध ३५ रन बनाएका थिए ।

प्रतियोगितामा उनको टोम लुम्बिनीले भने बल्ल जित आत्मसाथ गर्न सकेको छ । यसअघिका चार खेल हारेको लुम्बिनी अंकतालिकाको पुछारमा छ ।

 

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ३८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको