प्रतिनिधिसभा टिमले राष्ट्रियसभालाई हान्यो १३ गोल | Khabarhub Khabarhub

प्रतिनिधिसभा टिमले राष्ट्रियसभालाई हान्यो १३ गोल


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।

भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गरे । त्यसैगरी तारा लामाले तीन, माधव सापकोटा र सुहाङ नेम्वाङले समान दुई र मनिष झाले एक गोल गरे।

प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले नौ गोलको अन्तर कायम गरेको थियो । दोस्रो हाफमा थप चार गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो ।

प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको थियो । प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरु मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत हुनुहुन्थ्यो । राष्ट्रियसभा टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरु धनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसदहरु थिए ।

यसैबीच, आजै संसद् सेवाका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मी (मर्यादापालक) को बेग्लाबेग्लै टिमबीच पनि मैत्रीपूर्ण फुटसल भइरहेको छ । संसद् सेवा दिवस मङ्सिर २८ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ४९ बजे

‘जबजलाई मार्गदर्शक सिद्धान्त बनाइनु घोर दक्षिणपन्थी कुरा हो’- कम्युनिस्ट एकता गर्ने झलनाथ सूत्र

काठमाडौं– नेकपा एकीकृत सामाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले जबजलाई

प्रचण्डको राजनीतिक ‘ब्राण्ड भ्यालू’ राम्रो छ : वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष

एनपीएलको खेलाडी अक्सन साउन २४ गते गरिने, ४५८ जनाले गराए नाम दर्ता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोश्रो संस्करणको खेलाडी अक्सन साउन

झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका-२ झोरमा शनिबार झरना

काभ्रेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काभ्रे– पनौती नगरपालिका-३, बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा