‘अग्रजहरूको योगदानबाट प्राप्त अधिकार सदुपयोग गर्नुपर्छ’  « Khabarhub

‘अग्रजहरूको योगदानबाट प्राप्त अधिकार सदुपयोग गर्नुपर्छ’ 


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अग्रजहरूको योगदानबाट प्राप्त अधिकारलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले अग्रजहरूको योगदानबाट प्राप्त अधिकारलाई सदुपयोग गरेर अगाढि बढ्नुपर्ने बताए ।

नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको उनले बताए । उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धि हासिल भएको बताए ।

अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि भएको सिंहको भनाइ छ ।

कार्यक्रममा महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको शालिकमा माल्यार्पण गरिएको थियो । मंगलादेवी सिंहको जन्म वि.सं. १९८२ मंसिर २५ गते भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : १९ बजे

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति