नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी | Khabarhub Khabarhub

नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्रउ परेका छन् ।

घरमा काम गर्न राखेको नाबालिगलाई पटक पटक बलातत्कार गरेको आरोपमा उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दका अनुसार उनलाई सोमबार पक्राउ गरिएको हो ।

‘उहाँलाई अहिले हामीले बिर्तामोडको प्रहरी हिरासतमा राखेका छौँ । घटनाको अनुसन्धान चलिरहेको छ’,चन्दले खबरहबलाई भने, ‘किशोरीलाई सुरक्षितरुपमा राखिएको छ । उनको स्वास्थ्य जाँच लगायत कानुनी प्रक्रिया चलिरहेको छ ।’

ती नाबालिगको उमेर प्रहरीले खुलाएको छैन । तर उनी १७ वर्षकी रहेको जानकारी आएको छ ।

प्रहरीका अनुसार नाबालिगका बुवाआमा दुवै साथमा थिएनन् । शिवाकोटीले पढाइदिने सर्तमा उनलाई राखेका थिए ।

ती नाबालिगलाई कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नियन्त्रणमा लिइएको थियो ।

नेपालको कानुनले १८ वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहर्छ । १८ वर्षभन्दा माथिका महिलासँग मञ्जुरीबिना राखेको यौन सम्बन्ध बलात्कार हुन्छ ।

त्यसपछि बुझ्दा उनले आफूलाई पूर्वमेयर शिवाकोटीले करणी गरेको बयान प्रहरीलाई दिएकी थिइन् । उनकी आमा भारतमा भएकाले त्यहाँ जान लागेको बताएकी प्रहरीले जनाएको छ।

शिवाकोटी २०७४ सालमा नेकपा एमालेको तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । शिवाकोटीको घर बिर्तामोड नगरपालिका-५ शनिश्‍चरे रोड हो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : ३९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित