नेप्से लगातार ओरालो, कारोबार ४ अर्बमा सीमित « Khabarhub

नेप्से लगातार ओरालो, कारोबार ४ अर्बमा सीमित


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । नेप्सेसँगै करोबार रकममा पनि गिरावट देखिएको छ ।

मंगलबार नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित भएको हो । आज नेप्से ०.२३ प्रतिशतले घटेर २६६९.८२ विन्दुमा पुगेको छ ।

प्रि–ओपन सेसनमा झिनो अंकले घटेर सुरु भएको नेप्से बजार बन्द हुँदा पनि घट्दा ४ अर्ब ४१ करोड ३३ लाख २०  हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार भएको छ ।

८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभर ३०३ वटा कम्पनी कारोबारमा आउँदा ५२ हजार ७०५ पटक शेयर किनबेच भएको छ । बजार घट्दा निफ्राको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज १३ समूह मध्ये ४ समूह बढेको छ भने ९ समूह घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशतले बढेर ६ हजार ७९७.८२ विन्दुमा पुगेको छ ।

त्यस्तै, होटेल तथा पर्यटन ०.२८ प्रतिशतले, लघुवित्त ०.१३ प्रतिशतले र ट्रेडिङ समूह ०.३० प्रतिशतले बढेको छ । सबैभन्दा बढी जीवन बीमा समूह १ प्रतिशतले घटेर १२ हजार ९७७.९१ विन्दुमा पुगेको छ ।

साथै, वाणिज्य बैंक समूह ०.१५ प्रतिशतले, विकास बैंक समूह ०.५२ प्रतिशतले, फाइनान्स ०.७१ प्रतिशतले, हाइड्रोपावर ०.३३ प्रतिशतले, लगानी ०.७९ प्रतिशतले, म्युचुअल फण्ड ०.१७ प्रतिशतले, निर्जीवन बिमा ०.१९ प्रतिशतले र अन्य समूह ०.१६ अंकले घटेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : १९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर