धरानमा ‘बिजनेस एक्स्पो’ हुने « Khabarhub

धरानमा ‘बिजनेस एक्स्पो’ हुने


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धरान– धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले बताए।

एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ता चप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश गरिनुका साथै ती सामग्रीको खरिद बिक्री हुनेछ ।

साथै प्याराग्लाइडिङ, र्‍याफ्टिङ, साइक्लिङ, साहसिक तथा रोमाञ्चक खेल पनि प्रस्तुत गरिनेछ । एक्पोमा तीन सय ५० प्रदर्शनी कक्ष राखिने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ३१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर