सरकारका गलत गतिविधिको सशक्त प्रतिवाद गर्छौं : प्रचण्ड  « Khabarhub

सरकारका गलत गतिविधिको सशक्त प्रतिवाद गर्छौं : प्रचण्ड 


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित  खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौँ जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताए ।

राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताए ।

आफूले प्रधानमन्त्री हुँदा रुग्ण उद्योगहरू सञ्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए। अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको बताए ।

आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए।

उनले भने, ‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरू नै ठुला सहकारी ठग छन् । तिनै नाटकबाजहरुलाई बचाउन सरकार केन्द्रित छ । उनीहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’

रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उनले बताए।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ४ : २९ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई