टाटा म्याजिक बीएस६ अब नेपालमा  « Khabarhub

टाटा म्याजिक बीएस६ अब नेपालमा 


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा म्याजिक बीएस६ नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ ।

नेपालगंजमा आयोजित एक कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम बा. चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापालगायतको उपस्थिति रहेको थियो ।

याे भ्यान बजारमा पहिलो पटक २००८ मा बीएस२ संस्करणका साथ ल्याइएको थियो । त्यसपछि बीएस३ , बीएस४ हुँदै  बीएस६ सम्म आइपुगेको यस गाडीले नेपाली सवारीसाधन बजारमा ९५ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार हालसम्म चार हजार भन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सञ्चालनमा छन् ।

टाटा म्याजिक बीएस६ का प्रमुख विशेषताहरू:
इन्जिनः ६९४ सीसी पेट्रोल इन्जिन
शक्तिः ३० एचपी
टर्कः ५५ एनएम
गियरबक्सः ५ स्पीड गियर
पाङ्ग्राः १३ इन्च टायर
सुविधाहरूः डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इसीओ स्वीच, एबीएस    र सबै पाङ्ग्रामा एन्टी–रोलबार
सुविधाः चालक र यात्रुहरूको सहजताका लागि विशेष डिजाइन

सिप्रदी ट्रेडिङ्ग प्रालिका एजीएम सेल्स, सीभीबीयू  कृष्ण चन्दले भने, ‘नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि याे उत्कृष्ट यातायात समाधान हो । यसले यात्रुको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउनेछ । सिप्रदीले ग्राहकलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ ।’

कार्यक्रममा कम्पनीका कमर्सियल भेहिकल्स बिजनेस युनिटका प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले भने, ‘यसले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ । यसको प्रविधि, आराम, र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ । यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ।’

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ५ : १६ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि