खबरहबकर्मी ध्रुव भट्टराई महासंघ कोशी सचिवमा निर्विरोध   « Khabarhub

खबरहबकर्मी ध्रुव भट्टराई महासंघ कोशी सचिवमा निर्विरोध  


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खबरहबडटकमका विराटनगर संवाददाता ध्रुव भट्टराई कोशी प्रदेश पत्रकार महासंघको सचिव खुलामा निर्विरोध निर्वाचित भएका छन् ।

उनी यसअगाडि पनि कार्यसमिति सदस्य थिए । उनी कांग्रेसनिकट नेपाल प्रेस युनियनको एउटा समूह, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समूहबाट उम्मेदवार थिए । उनको समूहबाट अध्यक्षका लागि विवेक गौतमको उम्मेदवारी छ ।

भट्टराई समाजवादी प्रेस संगठन मोरङका अध्यक्ष समेत हुन् । महासंघ कोशी प्रदेश निर्वाचन समितिले मंगलबार उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै भट्टराई सचिवमा निर्विरोध निर्वाचित भएको जनाएको छ।

टेलिभिजन पत्रकारिता समेत गरेका भट्टराई विराटनगरका सक्रिय पत्रकार हुन् । भट्टराईसँगै कोशी प्रदेशको सदस्यहरू अमृता विश्वकर्मा र बुद्धमाया सोङ्मी बिनु चेम्जोङ निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ७ : ०९ बजे

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार