म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न « Khabarhub

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार निर्माण गरेको करिब पाँच बर्षपछि निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। घोषित तीन चरणको निर्वाचनको पहिलो चरण आइतबार सम्पन्न भएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेदेखि मतदान सुरु भएको र दिउँसो ४ बजेसम्म मतदान भएको याङ्गुनको क्याउकटाडा शहरको एक मतदान केन्द्रका एक निर्वाचन अधिकारीले बताए ।

मतदान बन्द भएपछि मतदान केन्द्रमा निर्वाचन कर्मचारी, घरेलु र अन्तर्राष्ट्रिय मिडिया, उम्मेदवारहरू र पर्यवेक्षकहरूको उपस्थितिमा, पिथु ह्लुट्टाव (तल्लो सदन), अम्योथा ह्लुट्टाव (माथिल्लो सदन), र राज्य र क्षेत्र ह्लुट्टाव (राज्य र क्षेत्रीय संसद्हरू)का लागि तीन चरणमा मतदान हुनेछ ।

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना दलका अनुसार पहिलो चरणको निर्वाचनको अनुगमन तथा निरीक्षणका लागि अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण टोलीका १३९ सदस्य तथा कूटनीतिक समुदायका प्रतिनिधि सहभागी थिए ।

म्यान्मारको आम निर्वाचन तीन चरणमा हुँदैछ । दोस्रो र तेस्रो चरण क्रमशः जनवरी ११ र जनवरी २५, २०२६ मा निर्धारित गरिएको छ । यस चुनावले राष्ट्रव्यापी ६९२ निर्वाचन क्षेत्रमा उल्लिखित तीन संसदहरूको सिटको लागि प्रतिस्पर्धामा उत्रिएका ५७ राजनीतिक दलका लगभग पाँच हजार उम्मेदवारहरूको भाग्यको फैसला गर्नेछ ।

निर्वाचन आयोगका अनुसार मुलुकभर निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न २१ हजार ५१७ मतदान केन्द्र तोकिएको छ । मतदानका सबै चरण सकिएपछि अन्तिम निर्वाचन परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।म्यान्मारमा पछिल्लो पटक सन् २०२० को नोभेम्बरमा आम निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ११ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका