मासु भारतबाट, दाँत कोट्याउने सिन्का चीनबाट « Khabarhub

नेपालीको दशैँ

मासु भारतबाट, दाँत कोट्याउने सिन्का चीनबाट


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देश दशैँमय बनिरहँदा आम नेपालीहरू सबैभन्दा ठूलो यो पर्वको हर्षोउल्लास मनाउन व्यस्त छन् । शाक्त सम्प्रदायको बाहुल्यता रहेको र खानपान संस्कृतिमा धनी हामी नेपालीहरू दशैँका बेला भान्सामा सकभर माछामासु टुटाउँदैनौँ ।

तर, कृषि वा पशुपालन पोख्त भए पनि हामीले ठूलो परिमाणमा माछामासु विदेशबाट आयात गर्ने गर्छौं । नेपालमै पशुपालन या मत्स्य पालन धेरै हुने गरे पनि अर्बौ रुपयाँको माछामासु बाहिरी देशहरूमा ल्याउने गरिएको हो । जिउँदा पशुपक्षीदेखि फ्रोजन मासुसम्म नेपालमा विदेशबाट आयात हुन अझै रोकिएको छैन ।

पाँच वर्षको अवधिमा नेपालमा १३ अर्ब १७ करोड ५८ लाख ४३ हजार रुपैयाँ बराबरको मासु आयात भएको छ । आर्थिक वर्ष २०७६/७७ मा मात्रै दुई अर्ब ७७ करोड ६३ लाख १७ हजार रुपैयाँको माछामासु नेपाल आएको तथ्यांकले देखाउँछ ।

यस्तै, ०७७/७८ मा पनि तीन अर्ब ३३ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबरको मासु नेपाल आएको तथ्यांकले देखाएको छ । यसरी नै ०७८/७९ को एक आर्थिक वर्षमा तीन अर्ब १२ करोड ६८ लाख ८९ हजारको मासु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । २०७९/८० मा भने मासुको आयात कम देखिएको छ । यस अवधिमा १ अर्ब ७९ करोड ९८ लाख १७ हजार को माछामासु आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालमा २ अर्ब २३ करोड ७४ लाख ७५ हजारको त माछामासु नै आएको छ । विशेष गरेर मासु चाडवाडको समयमा बढी मासु खपत हुने गर्दछ । यसमा हुने विभिन्न खालका माछामासु संगै विभिन्न सामानहरू पनि बाहिरबाटै आउने गर्दछ ।

विभागका अनुसार सो अवधिमा करिब एक करोड रुपैयाँ बराबरका जिउँदो खसी नेपाल ल्याइएको छ । तथ्यांक अनुसार एक वर्षको अवधिमा ९९ लाख ६३ हजारको जिउदा खसी मात्र ल्याइएको हो । सबै खसीहरू नेपालले भारतबाट आयात गरेको हो ।

एक वर्षमा दुई करोडको दाँत कोट्याउने सिन्का

नेपालमा विभिन्न देशहरूबाट स–साना सामाग्रीहरू पनि आयात गर्ने गरिन्छ । हामीलाई चाहिने नुनदेखि सुनसम्म बाहिरी देशबाट आयात हुन्छ नेपालमा । अहिले चाडवाडको समयमा यस्ता वस्तुहरूको खपत पनि बढी नै हुने गर्दछ । जब कि यो बनाउन नेपालमै पनि सम्भव छ ।

हाम्रा बाँसघारीमा वर्षेनी घाम र पानीले बाँस कुहिएर गएका छन् । दशैँ तिहारलाई लक्षित गरेर चालु आवको साउन र भदौमा मात्रै ६६ लाख ३० हजारको सिन्का आयात भएको छ । दुई महिनाको अवधिमा विदेशबाट १८ हजार ९१२ केजी सिन्का आयात भएको हो ।

ब दशैं आउदै गरेको दशैंमा मासु खाएर दाँत कोट्याउने सिन्का पनि बाहिरी देशबाटै आयात हुने गरेको छ । ५ वर्ष यताको तथ्यांकलाई हेर्ने हो भने नेपालमा ९ करोड ४ लाख ४१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का (टुथपिक) नै आयात भएको छ ।

नेपालमा गत आर्थिक वर्षमा मात्रै दुई करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको छ । यस्तै, ०७९/८० मा एक करोड १३ लाख ३७ हजारको दाँत कोट्याउने सिन्का आयात भएको देखिन्छ ।

नेपालमा एक वर्षमा ३५ हजार ३९५ केजी सिन्का आयात भएको तथ्यांकले देखाएको छ । यस्तै, ०७८/७९ मा पनि दुई करोड ७१ लाख ३९ हजार केजी सिन्का मात्रै आयात भएको छ । एक वर्षमा ९८ हजार ६४४ केजी सिन्का आयात भएको तथ्यांकले देखाएको छ ।

०७७/७८ मा पनि नेपालमा सिन्काको आयात २ करोड ३ लाख २१ हजारको भएको छ । यसरी हेर्दा ७७ हजार २९७ केजी सिन्का आयात भएको छ । यसरी नै ०७६/७७ मा पनि ४५ लाख ५१ हजार रुपैयाँ बराबरको २० हजार ३० केजी सिन्का आयात भएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ०० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका