आज २०८० साल पुस २६ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २६ गते बिहीबारको राशिफल


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २६ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी ११ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : बोलीमा मोहनी छ। बोल्दा सबैको कल्याण हुने शब्द बोल्नु होला। लामो यात्राको योजना भए स्थिगित गर्नु राम्रो हुन्छ। देश निर्माण गर्ने परिकल्पना गर्नु भए हुन्छ। पारिवार सँगको सम्बन्ध राम्रो छ।

वृष : शिक्षा र स्वास्थ्यको क्षेत्र सबल छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। भूमी सम्बन्धी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेममा खटपटी आउने देखिन्छ।

मिथुन : दैनिकी राम्रो छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। खानपानमा ख्याल गरे यो समस्याको समाधान हुनेछ। आर्थिक र शिक्षा क्षेत्रका लागि यो राम्रो समय हो। परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ।

कर्कट : दिन सामान्य छ। सबै काममा सफलता प्राप्त गर्न गणेश भगवानको अर्चना गर्नु राम्रो हुन्छ। गणेशको पूजा गर्दा दुबोको प्रयोग गर्नु राम्रो हुन्छ। परिवारको विश्वास गर्दा धोका भएको अनुभव हुन्छ।

सिंह : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा बाधा देखिए पनि शिक्षाको क्षेत्रमा उपलब्धि हात लाग्नेछ। परिवारमा झुटको रहस्य खुल्ने भएकाले विवाद हुनसक्छ।

कन्या : सबै क्षेत्र सबल छन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। कामको सुरुवात गरेमा दीर्घकालीन सफलता मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग रहेको छ।

तुला : समय राम्रो छ। स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। राजनीतिक लगानीबाट मानसम्मान प्राप्त हुनेछ। बन्धु र परिवारबाट राम्रो साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। हरेक कार्यमा बाधा र विरोधको योग रहेको छ। तपाईंको बोलीका कारण ठुलो दुर्घटना टर्ने देखिन्छ। परिवारको साथ र सहयोग राम्रो छ।

धनु : आजको दिन राम्रो छ। भाग्यको उदय हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। साथीभाइको साथ मिल्नेछ। व्यापार गर्ने भए आफूलाई मन परेको क्षेत्र छान्नु राम्रो हुन्छ। परिवारको साथ नमिल्ने देखिन्छ।

मकर : समय सामान्य छ। लचिलो व्यवहार आजको आवश्यकता हो। खुशी अनुहारका साथ काम गर्न सके नाम र दाम दुवै प्राप्त हुने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। साना कुरामा बोझको सामना गर्नुपर्ने हुनसक्छ। बिहानै पिपलको दर्शन गरेर काम थालेमा दिन सुखमय बन्नेछ। परिवारको मन जित्न भने गाह्रो पर्ने देखिन्छ।

मीन : समय राम्रो छ। शिक्षा र स्वास्थ्यका क्षेत्र सबल छन्। गुरुबाट साथ मिल्नेछ। अचानक धन खर्च हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ५ : १४ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना