अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु | Khabarhub Khabarhub

अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

मलंगवा हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । 

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।  

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १२ : २८ बजे

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता

सांसदमा विवाद, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोप प्रतिनिधिसभा बैठक स्थगित

संसदमा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच विवाद

काठमाडौं– प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ

हेलम्बुमा हिमपात (तस्बिरहरू)

काठमाडौं– मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ।  हेलम्बुको

एमालेले माग्यो तीन मन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको