पौषकृष्ण औँसीका दिन आज पितृका नाममा तर्पण दिइँदै (फोटो फिचर)  « Khabarhub

पौषकृष्ण औँसीका दिन आज पितृका नाममा तर्पण दिइँदै (फोटो फिचर) 


२६ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज पौष कृष्ण औँसी । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

पौषकृष्ण औँसीका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगया धाम र काठमाडौँको  गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका गरेका छन् ।

आज नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगया धाम र काठमाडौँको उत्तरपूर्वी भेगस्थित उत्तरगयाका रुपमा प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानदेखि भीड लागिरहेकाे छ ।

तस्वीर : रामहरि न्यौपाने– नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगया धाम र पूर्णप्रसाद मिश्र– काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र/रासस

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १ : ०२ बजे

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच