पौषकृष्ण औँसीका दिन आज पितृका नाममा तर्पण दिइँदै (फोटो फिचर)  « Khabarhub

पौषकृष्ण औँसीका दिन आज पितृका नाममा तर्पण दिइँदै (फोटो फिचर) 


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज पौष कृष्ण औँसी । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

पौषकृष्ण औँसीका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगया धाम र काठमाडौँको  गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका गरेका छन् ।

आज नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगया धाम र काठमाडौँको उत्तरपूर्वी भेगस्थित उत्तरगयाका रुपमा प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानदेखि भीड लागिरहेकाे छ ।

तस्वीर : रामहरि न्यौपाने– नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगया धाम र पूर्णप्रसाद मिश्र– काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र/रासस

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १ : ०२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग