दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा  « Khabarhub

दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा 


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।

अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यकामा भित्रिएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ । 

आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्बरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

यसअघि प्रहरीलाई ‘हिट एण्ड रन’ का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ । कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बरप्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर धनी पत्ता लगाउन सकिन्छ ।
उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न लागिएको छ । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ३ : ०६ बजे

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ

झापा – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

साँझमा यस्तो देखियो कांग्रेस विशेष महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले