राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की « Khabarhub

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । 

अग्रसेन भवन बिर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

 मुख्यमन्त्री कार्कीले विदेशमा महँगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अ‍ौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको प्रति आपत्ति जनाएका थिए । नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँ गएर श्रम बेच्ने उहाँहरूको अधिकार भएको सबैले बुझ्नु आवश्यक रहेको उनले बताएका हुन् । 

युवा जनशक्ति पलायन भयो, उत्पादनमा ह्रास भयो भन्नेहरूले धान उत्पादन बढेको  नहेर्ने नेताहरूबाट समाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताएका हुन् । भक्तहरूको समर्पण भएको ठाउँमा भगवानको वास भएको बुझने समाजमा श्रमप्रति समर्पित श्रमिकको भावनालाई अपमानित हुँदा भगवानको अपमान भएको बुझ्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ५ : ४८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग