भारतीय रक्षामन्त्री र बेलायती प्रधानमन्त्रीबीच छलफल « Khabarhub

भारतीय रक्षामन्त्री र बेलायती प्रधानमन्त्रीबीच छलफल


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लन्डन– भारतीय रक्षामन्त्री राजनाथ सिंह र बेलायतका प्रधानमन्त्री ऋषि सुनकबीच बुधबार भेटवार्ता भएको छ ।

दुई नेताहरूले रक्षा, आर्थिक सहयोगलगायत विश्व शान्तिका विषयमा स्थिर विश्वव्यापी नियममा आधारित व्यवस्थालाई सुदृढ पार्न भारत र बेलायतले मिलेर कसरी काम गर्न सक्छन् भन्ने विषयमा छलफल गरेको बताइएको छ । 

भारतीय रक्षामन्त्री सिंहले बेलायतका प्रधानमन्त्री सुनकसँग लन्डनमा धेरै सान्दर्भिक भेट भएको बताउँदै विभिन्न मुद्दाहरूमा छलफल भएको उल्लेख गरे । 

यसअघि, रक्षा मन्त्री सिंहले बेलायतका विदेश सचिव डेभिड क्यामरूनसँग दुई राष्ट्रबीचको सम्बन्धलाई बढावा दिने विषयमा गहन छलफल गरेका थिए ।

सिंहले उनका बेलायती समकक्षी ग्रान्ट शाप्सले लन्डनको ट्रिनिटी हाउसमा भारत–लण्डन रक्षा उद्योगका उच्च अधिकारीसँग गोलमेच सम्मेलनमा भाग लिएका थिए ।

बेलायतका रक्षा सचिव शप्सले भने, ‘विश्वमा विवाद बढ्दै गएको अवस्थामा भारतजस्ता प्रमुख साझेदारसँग रणनीतिक सम्बन्धलाई निरन्तरता दिनु अत्यावश्यक छ । यसैगरी समान सुरक्षा चुनौतीहरूमा सहकार्य गर्दै स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक कायम राख्ने प्रतिबद्धतासमेत गरिएको छ ।’

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ६ : २३ बजे

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार