‘कर्मचारीको स्वार्थका कारण नेपालमाथि लगाइएको हवाई प्रतिबन्ध खुलेन’  « Khabarhub

‘कर्मचारीको स्वार्थका कारण नेपालमाथि लगाइएको हवाई प्रतिबन्ध खुलेन’ 


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले केही कर्मचारी र पार्टीको स्वार्थका कारण नागरिक उड्डयन ऐन अघि बढ्न नसकेको र जसका कारण हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका हुन् । 

नागरिक उड्डयनको नियामक र सेवाप्रदायक छुट्टै बनाउने कानूनमा कर्मचारीले विरोध गर्दा तत्कालीन अवस्थामा मन्त्री र प्रधानमन्त्री कानून ल्याउनबाट पछि हटेको उनले तर्क गरे । उनले अहिले पनि यसअघिको नागरिक उड्डयन ऐनलाई अघि बढाउन सके दुई हप्तामा पास हुन सक्ने धारणा राखे । आफूहरूले युरोपियन युनियनका पदाधिकारीसँग यस विषयमा कुरा राखेपनि मुलुकमा भने सरोकारवालाले अग्रसरता लिन नसकेको गुनासो गरे ।

उनले स्वार्थका आधारमा देश चलाउँदा बेथिति बाहेक केही नहुने जिकिर गरे । इमानदारीपूर्वक लागे देश बनाउन कुनै समस्या नरहेको उनको भनाइ छ । 

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : २० बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ