देश विकासमा सबै एकजुट भएर लाग्नुपर्छ : तिमिल्सिना « Khabarhub

देश विकासमा सबै एकजुट भएर लाग्नुपर्छ : तिमिल्सिना


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दामाथि उठेर देशको विकासका लागि एकजुट भएर लाग्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा लाग्न दलका नेताहरुलाई आग्रह गरे ।

उनले नेपाल विकासका सम्भावना भएको देशको भए पनि त्यसको सही सदुपयोग हुन नसकेको गुनासो गरे । “यसअघि भएका कमीकमजोरी सुधार्दै काम गरेर देखाउनुपर्ने बेला आएको छ । यसका लागि हामी सबै एकजुट भएर देश बनाउनेतर्फ लाग्नुपर्छ”, उनले भने ।

नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल पर्यटनको लागि उपयुक्त गन्तव्य भए पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए । मुलुकको अर्थतन्त्रको विकासका निम्ति पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेस पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले पछिल्लो समयमा नेपालको अर्थतन्त्रलाई हेर्दा निराश हुनुपर्ने अवस्था नरहेपनि संवेदनशील भने हुनुपर्ने टिप्पणी गरे ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ८ : ४१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट