मिस युनिभर्स नेपालको आयोजक परिवर्तन | Khabarhub Khabarhub

मिस युनिभर्स नेपालको आयोजक परिवर्तन


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोजक हेरफेरको जानकारी दिइएको हो । यसअघि उमंग क्रिएसन उक्त प्रतियोगितको आयोजना गर्दै गरेको थियो ।

पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ डा धनन्जय रेग्मीको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेज र युनिभर्स वुमन २०२३ बिजाता भ्यालेन्टिना सान्चेज ट्रिभेलाको पनि उपस्थिती रहेको थियो ।

युनिभर्स वुमन २०२३ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले आफ्नो प्रतियोगितामा जानेका तथा सिकेका कुराहरु बताएकी थिइन् । यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेजले सहभागीहरूलाई बहुमूल्य मार्गदर्शन प्रदान गरेका थिए ।

साथै आगामी मिस युनिभर्स २०२४ मा कोच भ्यालेन्टिना सान्चेज ट्रिभेलाको सहभागिता रहने छ ।

ग्लोबल ग्ल्यामर भेन्चरको प्रमुख कार्यकारी अधिकृत सबि पुरी, फाउण्डर संगीता पुरी र अध्यक्ष आलोक क्षेत्रीले कार्यक्रममा मिस युनिभर्स नेपाल २०२४बारे प्रष्ट पारे । क्षेत्रीले सहभागी जनाउन चाहनेहरुले आगामी अप्रिलबाट फर्म खुल्ला गरिने जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : ०३ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना