मिस युनिभर्स नेपालको आयोजक परिवर्तन « Khabarhub

मिस युनिभर्स नेपालको आयोजक परिवर्तन


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोजक हेरफेरको जानकारी दिइएको हो । यसअघि उमंग क्रिएसन उक्त प्रतियोगितको आयोजना गर्दै गरेको थियो ।

पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ डा धनन्जय रेग्मीको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेज र युनिभर्स वुमन २०२३ बिजाता भ्यालेन्टिना सान्चेज ट्रिभेलाको पनि उपस्थिती रहेको थियो ।

युनिभर्स वुमन २०२३ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले आफ्नो प्रतियोगितामा जानेका तथा सिकेका कुराहरु बताएकी थिइन् । यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेजले सहभागीहरूलाई बहुमूल्य मार्गदर्शन प्रदान गरेका थिए ।

साथै आगामी मिस युनिभर्स २०२४ मा कोच भ्यालेन्टिना सान्चेज ट्रिभेलाको सहभागिता रहने छ ।

ग्लोबल ग्ल्यामर भेन्चरको प्रमुख कार्यकारी अधिकृत सबि पुरी, फाउण्डर संगीता पुरी र अध्यक्ष आलोक क्षेत्रीले कार्यक्रममा मिस युनिभर्स नेपाल २०२४बारे प्रष्ट पारे । क्षेत्रीले सहभागी जनाउन चाहनेहरुले आगामी अप्रिलबाट फर्म खुल्ला गरिने जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : ०३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक