नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित « Khabarhub

नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यु–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । बिहीबार साँझ सम्पन्न खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको हो ।

बर्षाको कारण ३० ओभरमा छोट्टाइएको खेलमा जितको लागि १ सय ४२ रनको लक्ष्यसहित मैदान उत्रिएको नामिबिया २९.५ ओभरमा ३५ रन बनाउँदा अल आउट भयो । उसका लागि कप्तान बसिंग वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

नेपालका गुलशन झाले र आकाश चन्दले ३/३ विकेट लिए । भनेदुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो । नेपालका लागि दिपक डुम्रेले ३२ रन, आकाश त्रिपाठीले २१, विपिन रावलले २० उत्तम थापा मगर १२, विशाल बिक्रमले केसि १४ र दिपक बोहराले १५ बनाए ।

नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २/२ विकेट लिए । नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : २५ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता