जेरुसेलम आक्रमणको योजना बनाउने आतङ्ककारी पक्राउ « Khabarhub

जेरुसेलम आक्रमणको योजना बनाउने आतङ्ककारी पक्राउ


२६ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

तेल अवीव – इजरायली सुरक्षा बलले इस्लामिक राज्य (आईएसआईएस) को समर्थनमा जेरूसेलममा आतङ्ककारी हमलाको योजना बनाउने दुई प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ ।

इजरायली प्रहरी र जनरल सेक्युरिटी सर्भिस ९शिन बेट०का अनुसार संदिग्ध व्यक्तिहरूले सुरक्षा बललाई लक्षित गरी चार्ज र विस्फोटक उपकरणहरू तयार गर्ने योजना बनाएका थिए।

उनीहरूलाई पूर्वी जेरुसेलमको जेबेल मुकाबेरबाट पक्राउ गरिएको थियो। एक हप्ता लामो अनुसन्धानपछि पक्राउ परेका उनीहरूबाट आईएसआईएससँग सम्बन्धित सामग्री अनलाइन, टेलिग्राम र ग्राफिक भिडियोहरू लगायतका सफ्टवेयर नियन्त्रणमा लिइएको छ ।

उनीहरूले हत्या र अन्य तोडफोडका कार्यहरू गर्ने उद्देश्यले पूर्वी जेरुसेलम वरिपरि विस्फोटक उपकरणहरू बिच्छ्याउने योजना बनाएको अनुसन्धानबाट बुझिएको छ।

– रासस/एएनआई

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : ३३ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको