श्रीलङ्कामा वर्षाका कारण १५ हजार परिवार विस्थापित | Khabarhub Khabarhub

श्रीलङ्कामा वर्षाका कारण १५ हजार परिवार विस्थापित


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्कामा हालैका दिनहरूमा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।

विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिङ्घेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित भएका छन् ।

अम्पाराका जिल्ला सेक्रेटरी चिन्थका अबेविक्रमले सबैभन्दा बढी प्रभावितलाई घर बनाउन आठवटा राहत शिविर स्थापना गरेको बताएका छन् । रणसिंहेले वर्तमान प्रतिकूल मौसमले उत्तर मध्य, उत्तरी र पूर्वी प्रदेशमा बढी असर गरेको बताए।

सिँचाइ विभागले राखेका ठूला ट्याङ्कीको पानीको स्तर ९५ प्रतिशत रहेको र सिलोन विद्युत बोर्ड र महावेली प्राधिकरणले व्यवस्थापन गरेका ट्याङ्कीमा पानीको सतह करिब ९७ प्रतिशत रहेको उनले बताए ।

यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि पानी पर्ने क्रम कम हुने जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : ५४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’