आज २०८० साल माघ २८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २८ गते आइतबारको राशिफल


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २८ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी ११ तारिख। कुम्भका चन्द्रमा। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दैनिकी राम्रो छ। साथीभाइले साथ दिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुने योग छ। स्वास्थ्यमा सुधारका संकेत देखिन्छन्। परिवारसँगको सम्बन्धमा समस्या हुनसक्छ।

वृष : दैनिकी राम्रो छ। परिवारको सहयोग मिल्नेछ। स्वदेश वा विदेशमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य छ। विवाद बढ्ने देखिन्छ। बोलीमा नम्रता आवश्यक छ। सानो अंश भए पनि दान गरेमा फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। शिक्षा क्षेत्रमा अब्बल बन्नुहुनेछ । परिवारलाई समय दिन नसक्दा अविश्वास बढ्नेछ। विदेशमा गरेको लगानीबाट लाभ हुनेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध आनन्दमय बन्नेछ। विदेशमा गरेको लगानीबाट लाभ हुनेछ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। शाहकारी भोजनलाई प्राथमिकता दिनु राम्रो हुन्छ।

तुला : समय राम्रो छ। विपक्षीलेसमेत साथ दिनेछन्। पेटको दुखाई बढ्ने देखिन्छ। शिक्षामा गरेको श्रमबाट नाम र दाम मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा भएको लगानीबाट उत्साह मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। परिवारको साथ रहनेछ। विरोधका आवाज सुन्नुपरे पनि निर्णय आफ्नो पक्षमै हुनेछ। आज बाहिरको खानपान त्याग गर्नु राम्रो हुन्छ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। मित्र र परिवारको साथ मिल्नेछ। रोगमुक्त हुने योग छ। शिक्षाको क्षेत्रमा नाम र मान बढ्ने योग छ। स्वदेशमै लगानीको सम्भावना देखिन्छ।

मकर : समय सामान्य छ। साथीले दु :ख दिने भएकाले सचेत हुनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा समस्या हुनेछ। वैदेशिक क्षेत्रमा लाभ हुनेछ।

कुम्भ : व्यापारमा लाभ हुनेछ। शिक्षामा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने झन्झट आइलाग्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ।

मीन : समय राम्रो छ। आफन्तबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धन खर्च हुने देखिन्छ। एक पटक सोचेर काम गर्नु फाइदाजनक हुनेछ। वैदेशिक क्षेत्रमा लाभ मिल्नेछ। शिक्षातर्फबाट राम्रो नतिजा मिल्नेछ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : १० बजे

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज– जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको