माओवादी केन्द्रीय समितिको बैठक बस्दै « Khabarhub

माओवादी केन्द्रीय समितिको बैठक बस्दै


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।  बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

आजको बैठक पार्टीको चारमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समीक्षामा केन्द्रित हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका साथसाथै सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको कामकारबाही र आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा हुने विधान सम्मेलनबारेमा पनि छलफल हुनेछ ।

सम्मेलनमा प्रस्तुत गरिने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिवार स्थायी समिति बैठक बसेको थियो ।

सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिइएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ४६ बजे

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली