खानेपानीको महसुल उठ्न सकेन « Khabarhub

खानेपानीको महसुल उठ्न सकेन


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब ४० लाख रुपैयाँ उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो ।

समितिले  खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिने समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र तीन लाखमात्रै महसुल भुक्तानी भएको समितिले जनाएको छ ।

४३ लाख २३ हजार महसुल उठाउन बाँकी भएपछि  समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली सार्वजनिक गर्ने चेतावनी दिएको थियो ।

तर १५ दिनको अवधिमा तीन लाख २१ हजारमात्र महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले बताए ।  अझै ४० लाख महसुलबापतको रकम उठन् बाँकी छ ।

यसबीचमा समितिले वडा नं १ र २ मा तीनजना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ । स्थानीय राजनीतिक दलका नेताले नै महसुल नतिरेकोे समितिले जनाएको छ ।

तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन ।

समितिले केही संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने नौवटा धारा यसअघि नै काटेको थियो । समितिले रामग्राम वडा नं १ र ६ मा रहेका दुईवटा खानेपानी ट्याङ्कीमार्फत एक हजार सात सय बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ ।

पोखरापालीमा रहेको ट्याङ्कीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । तर कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महसुल तिर्न नसकिने तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ८ : २३ बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती