दाङमा पाँचवटा ‘बिटीएस टावर’ जडान | Khabarhub Khabarhub

दाङमा पाँचवटा ‘बिटीएस टावर’ जडान


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् ।

यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो । तर अहिले टावर निर्माण भएपछि सहज भएको छ । साथै केही स्थानमा तत्कालै टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताए ।

‘विद्युत्का कारणले रोकिएका छन्’, उनले भने, ‘विद्युत्को मिटर जडान हुनेबित्तिकै अन्य ठाउँमा पनि टावर सञ्चालनमा आउनेछन् ।’

उनका अनुसार प्रदेश राजधानी भालुवाङ, राजपुरको बेलामा केही समयमा टावर सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ । त्यस्तै गढवा गाउँपालिका–२, गढवा–६ खबरे, दङ्गीशरणको फुक्रेसल्ली, बबई कुमालगाउँ, बबईको मलै, कोइलाबासको भौवानाका, गुरुङगाउँमा टावर निर्माणका लागि जग्गा सम्झौतासमेत भइसकेको उनले बताए । अबको केही समयमा टावर निर्माणको काम अघि बढ्ने प्रमुख शर्माको भनाइ छ ।

दाङमा हालसम्म एक सय तीनवटा बिटीएस टावर सञ्चालनमा छन् । टुजी, थ्रीजी र फोरजीका टावर सञ्चालनमा रहेका छन् । तीमध्ये फोरजीका आठ सय र एक हजार आठ सय मेघाहर्जमा सञ्चालनमा रहेको प्रमुख शर्माले बताए ।

साथै जिल्लामा कुन ठाउँमा कस्तो गुणस्तरको सेवा सञ्चालन भइरहेको छ भन्ने कुराको मापन पनि भइरहेको छ । दाङमा इन्टरनेटका लागि टेलिकमको एफटिसीएच सेवा ७१ र फाइबर टु द होम सेवा (एफटिटीएच) पाँच हजार पाँच सय रहेका छन् । साथै तत्कालै ६० एफटिसीएच थप गर्ने तयारी रहेको समेत प्रमुख शर्माले बताए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ८ : ४७ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ