राज्य व्यवस्था तथा सुशासनसहित तीन समितिको बैठक बस्दै | Khabarhub Khabarhub

राज्य व्यवस्था तथा सुशासनसहित तीन समितिको बैठक बस्दै


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान १० बजे संसद सचिवालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा अध्यागमनमा देखिएका समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि सिंहदरबारमा बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै आज सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा गौतम बुद्धको अस्ति धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्याण्ड प्रालिबीच भएको समझदारी सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ३२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले