टानले संयुक्तरूपमा ल्होसार कार्यक्रम मनाउने | Khabarhub Khabarhub

टानले संयुक्तरूपमा ल्होसार कार्यक्रम मनाउने


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले संयुक्तरूपमा ल्होसार कार्यक्रम मनाउने भएको छ ।

पर्वतीय पदयात्रा व्यवसायमा गुरुङ, तामाङ, शेर्पा, हेल्मोलगायत समुदायको बाहुल्यता रहेको टानले चार वर्षपछि यस वर्ष आगामी फागुन ४ गते संयुक्तरूपमा ल्होसार कार्यक्रम मनाउन लागेको हो ।

टानका द्वितीय उपाध्यक्ष एवं ल्होसार कार्यक्रमका संयोजक धनबहादुर गुरुङले आपसमा मनोरञ्जन र खुसी साटासाट गरी ल्होसार पर्व विगत चारवर्षदेखि मनाउँदै आइरहेको जानकारी दिए । ‘कोरोना महामारीका कारण चार वर्ष रोकिएको ल्होसारलाई हामीले अहिलेदेखि पुनः निरन्तरता दिन लागेका छौँ’, उनले भने ।

ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत हुने जनाइएको छ । टानले ल्होसार कार्यक्रमलाई सम्पन्न गर्नका लागि टानका द्वितीय उपाध्यक्ष एव नयाँ पदमार्ग खोज अन्वेषण तथा अध्ययन समितिका संयोजक गुरुङको संयोजकत्वमा कार्यसमितिका सहकोषाध्यक्ष छिरिङदोर्चे शेर्पा, सदस्य कुमार लामा, लाक्पा शेर्पा र कृष्णबहादुर परियार रहेको समितिसमेत निर्माण गरेको छ ।

टानले यस वर्षको ल्होसार कार्यक्रममा २५ लाखभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १० : ०३ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी