गण्डकी सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’ मा बस्दै « Khabarhub

गण्डकी सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’ मा बस्दै


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ । प्रदेश सरकारले भोलि माघ २९ गते सोमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ ।

प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीयस्थलको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजनाअनुसार भोलि पञ्चकोटमा बैठक बस्न लागेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

“पञ्चकोटको पर्यटन प्रवद्र्धनमा मद्दत पुगोस् भन्ने सरकारको अपेक्षा छ, अब प्रदेशका मुख्य–मुख्य ठाउँमा मन्त्रिपरिषद्को बैठक बस्नुपर्छ भन्ने लागेको छ, हामीहरुले सबै धार्मिक तथा पर्यटकीय ठाउँहरुको विकास, प्रचारप्रसार गर्नुछ,” मुख्यमन्त्री पाण्डेले भने ।

गण्डकी प्रदेशमा धार्मिक तथा पर्यटकीय गन्तव्य धेरै भएको र यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउनका लागि प्रदेश सरकार गम्भीर भइ लागेको उनको भनाइ छ । पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि आयोजना हुँदैछ ।

मन्त्रिपरिषद्को बैठकपछि महायज्ञमा धेरैभन्दा धेरै भक्तजनहरु आउने विश्वास लिइएको मुख्यमन्त्री पाण्डे बताए । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक पोखराभन्दा बाहिर पहिलो पटक बस्न लागेको हो ।

पञ्चकोटका संस्थापक समेत रहेका अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना र आह्वानमा नेपालमा पहिलो पटक यो महायज्ञ हुन लागेको हो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : १७ बजे

आज देश संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ : अमरेश सिँह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेकुमार सिंहले देश संकटमा रहेको

जबर्जस्ती हटाइएका सुकुम्वासी घर न घाटका : सरकारसँग अझै छैन व्यवस्थापन योजना

काठमाडौँ- १२ वैशाखमा सरकारले काठमाडौँ महानगरपालिका–३१ मनोहरा खोलाकिनार थापाथलीमा अवस्थित

विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध

राजमार्ग सुचारु हुन थालेसँगै बसपार्कमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– हिजो रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग लगायत

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

मनाङ– विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण