फुटपाथ व्यापारीको प्रश्न– किन हामीमाथि अपराधीको व्यवहार हुन्छ ? « Khabarhub

फुटपाथ व्यापारीको प्रश्न– किन हामीमाथि अपराधीको व्यवहार हुन्छ ?


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले २० हजारको रोजीरोटी खोसेको भन्दै फुटपाथ व्यापारीहरूले प्रदर्शन गरेका छन् । आइतबार महानगरको कार्यालय अगाडि धर्ना दिँदै उनीहरूले मेयर बालेन साहले सडक विकल्प नदिई सडकबाट उठाएर आफूहरूको रोजीरोटी खोसेको आरोप लगाएका छन् ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठन, नेपाल स्वरोजगार व्यापार श्रमिक संगठन र नेपाल स्वरोजगार मजदुर संगठन तीन संयुक्त संघर्ष समितिले धर्ना दिएका हुन ।  उनीहरूले सडक व्यवसायीमाथि महानगरले गरेको ज्यादती बन्द, व्यापारीको लुटिएको सामान निःशर्त फिर्ता र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने लगायतका मागहरू राखेर धर्ना दिएका थिए ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले आफै रोजगार सिर्जना गरेका फुटपाथ व्यवसायीलाई राज्यले नै लखेटेको आरोप लगाए । उनी भन्छन्, ‘हामी पनि यो देशका नागरिक हौँ । तर राज्यले बाटै लखेटिनुपर्ने हामीले के अपराध गर्‍यौं ?’ कुनै विकल्प नभएर सडकमा निक्लनु परेको उनले बताए ।

‘देशभर पाँच लाखको संख्यामा सडक व्यापारी रहेको छन् । सबैभन्दा बढी काठमाडौं महानगरले ज्यादती गरेको छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा सडक व्यवसायीको लागि कानुन निर्माण गर्नुपर्छ । हामी राज्यलाई कर तिर्न तयार छौ, र तिर्छौ पनि त्यसैले व्यवस्थापन गर ।’

व्यवसायीलाई विकल्प नदिई लखेट्नु मानव अधिकारको उल्लंघन हो । ‘सडक व्यापारी महिला दिदीबहिनीका सामान खोस्ने, लछार–पछार गर्ने जस्ता दुर्व्यवहार गरेका छन् ।

मेयरले विकल्प दिनेबारे छिटो भन्दा छिटो निर्णय गर्न उनीहरूको माग छ । माग सुनुवाइ नभएको खण्डमा उनीहरूले अर्को चरणको आन्दोलन गर्ने बताएका छन् । अहिलेसम्म शान्तिपूर्ण तरिकाले आन्दोलन गरेका छौ । भोको पेट ‘गर कि मर’ भन्ने स्थितिमा राख्ने हो भने आन्दोलनले उग्र रूप लिने समेत उनीहरूले बताए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : ३२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते