मेयर हर्क साम्पाङ भन्छन् : राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर चाँडै राख्छु « Khabarhub

मेयर हर्क साम्पाङ भन्छन् : राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर चाँडै राख्छु


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

धरान- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै फेरि राख्ने बताएका छन् ।

आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मेयर साम्पाङले भने, ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’

केन्द्रीय सरकारको ध्यान दिलाउन मात्र फोटो हटाएको बताउँदै उनले अब चाँडै राख्ने बताएका हुन् । सरकारको ध्यानाकर्षण गर्न आफूले एकल आन्दोलन गर्दै आएको बताउँदै उनले केन्द्रको ध्यान जान थालेकोले तस्बिर चाँडै राख्ने बताए ।

सङ्घीय सरकारले धरानका मुख्य समस्या खानेपानीको सहजताका लागि ठूलो योजना ल्याउनुपर्ने उनको भनाइ छ । आफूले धेरैतिरको पानी ल्याउँदा पनि नपुगेपछि केराबारी पुगेकोमा त्यहाँबाट पानी नदिएको सुनाउँदै मेयरले भने, ‘समस्या समाधान गर्न कोशीबाट ल्याउन केन्द्र सरकारले योजना दिनुपर्छ ।’

धरानको अर्को मुख्य समस्या यहाँको फोहोर मैलाको व्यवस्थापन भएकाले त्यसको लागि केन्द्र सरकार योजना चाहिएको उल्लेख गरे । उनले भने, ‘हामीले इन्जिनियरिङ क्याम्पसमा आविष्कार केन्द्र खोल्दै छौँ त्यसमा सरकारी सहयोग चाहिएको छ । धरानको विकास गर्ने हो भने एयरपोर्टको योजना दिए हुन्थ्यो ।’

धरान कृषिमूलक सहर नरहेर आवासीय सहर भएकोले त्यसै अनुसारको योजनाहरू आवश्यक भएको उनले बताए । सरकारबाट सहरको वर्गीकरणका लागि सुझाव माग भएकोमा यहाँका विज्ञहरूको राय अनुसार धरान उपमहानगरपालिकाबाट धरान आवासीय सहर भएको लिखित सिफारिस पठाइएको मेयर हर्क साम्पाङले बताए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : २६ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।