त्रिभुवन विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको झगडाका दोषीलाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ « Khabarhub

त्रिभुवन विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको झगडाका दोषीलाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् ।

विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा लज्जास्पद भएको बताउँदै उनले दोषीलाई कारबाही गरिने दोहोर्‍याएका हुन् ।

घटना भएलगत्तै अपराध अनुसन्धानले छानबिन गरेको पछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको जानकारी दिँदै बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’

घटना भएलगत्तै छानबिन गर्न समिति गठन गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : २२ बजे

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२