बुढाथोकीको निधनले अपूरणीय क्षति : सभापति देउवा « Khabarhub

बुढाथोकीको निधनले अपूरणीय क्षति : सभापति देउवा


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बूढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

आज झापास्थित बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले विकास निर्माण, सङ्गठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवम् संविधान निर्माणमा उनले निर्वाह गरेको भूमिका सधैँ स्मरणीय रहने बताए ।

सभापति देउवासँगै अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, केन्द्रीय सदस्यहरु राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाललगायतले बुढाथोकीको व्यक्तित्व, नेतृत्वका साथै पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहँदा गरेको योगदानको स्मरण गरेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ८ : ५७ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी