धरानको खानेपानी समस्या समाधान गर्न पाँच अर्ब विनियोजन हुँदै | Khabarhub Khabarhub

धरानको खानेपानी समस्या समाधान गर्न पाँच अर्ब विनियोजन हुँदै


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धरान । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा रु पाँच अर्ब विनियोजन गरिने बताएका छन् ।

आज यहाँस्थित केन्द्रीय प्रविधि क्याम्पसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्नेसम्बन्धी कार्यशाला उद्घाटन गर्दै मन्त्री राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने आयोजनाको सर्वेक्षण पूरा भएको जानकारी दिए ।

मन्त्री राईले भने, “खानेपानीको सर्वेक्षण भइसकेको र प्रतिवेदन खानेपानी मन्त्रालयमा पुगेको बताउनुभयो । आयोजनाका लागि रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम विनियोजन हुनेछ ।”

दश वर्षभित्र लगानी उठाउने योजनासहित सुरु हुने आयोजनामा पूरा हुन तीन वर्ष लाग्ने बताइएको छ । मन्त्री राईले सप्तकोशीबाट ‘लिफ्टिङ सिस्टम’बाट पानी ल्याइने बताए ।

विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापनाका लागि धरान उपयुक्त स्थान भएको उनले बताए। उनले कृषिको विकासका लागि प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको नाष्ट केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले कृषि उत्पादनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै नाष्टले प्रदेशसँग मिलेर प्रदेशको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रविधिको प्रयोग गरेर कृषि उत्पादन बढाउन किसानलाई सघाउन सकिने बताए ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहोर मैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : १८ बजे

राष्ट्र बैंकको तथ्यांक भन्छ- मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्‍यो

काठमाडौं– नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपालमा मुद्रास्फीति गत आर्थिक वर्षको

ओलीको जिकिर : नयाँ आईजीपीलाई तर्साउन अवकाशमा गएका खापुङलाई स्थानहद तोकियो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका नयाँ

‘जेन-जी आन्दोलनको आगजनी नियन्त्रण गर्न महानगरको दमकलको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेन-जी आन्दोलनका क्रममा भएको

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि

तुलसीपुर– लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर– सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि