प्रत्येक पर्वलाई आदर र सम्मान गर्नुपर्छ : देउवा « Khabarhub

प्रत्येक पर्वलाई आदर र सम्मान गर्नुपर्छ : देउवा


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज दिएको शुभकामना सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार  एक महत्वपूर्ण पर्व भएको बताए ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् ।

यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् ।

लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरूको लागि पनि जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी भएको बताएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : ४६ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल