नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित « Khabarhub

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । 

नगरसभाले बजेट तथा योजनाको पुनरावलोकन गर्दै उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाएको उपमहानगरपालिकाका प्रवक्ता तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । 

उनले जेन-जी प्रदर्शनपछि उपमहानगरपालिकाका सवारीसाधन जलेर नष्ट भएकाले आवश्यकताका आधारमा खरिद गर्न नगरसभाले अनुमति दिएको उल्लेख गर्दै पुनः निर्माण र मर्मतसम्भारमा बजेटलाई केन्द्रीकृत गरिएको बताए  । 

वडाहरुमा एक करोड रुपैयाँको हाराहारीमा बजेट निकास हुँदै आएको थियो । सो बजेटको पाँच प्रतिशत रकम पुनःनिर्माणमा लगाइनेछ । जेन-जी प्रदर्शनपछि उपमहानगरपालिकाको कार्यालयसहित वडा नं ७ र ९ मा क्षति पुगेको थियो ।

प्रवक्ता रिजालले शहरको सौन्दर्यकरण, सहरको पर्यटकीयस्थलको विकास, नेपालगञ्जमा रहेका इ–रिक्साको व्यवस्थापनलगायत विभिन्न विषयमा नगरसभाले निर्णय लिएको जानकारी दिए । 

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले बजेट पुनः निर्माण र मर्ममसम्भारमा केन्द्रित भएको जानकारी दिँदै उपमहानगरपालिकामा रहेका करिब २०० करारका कर्मचारीलाई पुसदेखि लागू हुने गरी १००० रुपैयाँ भत्ता दिइने निर्णय भएको बताए । उपमहानगरपालिकासँग एक अर्ब ६४ करोड रुपैयाँ हाराहारीको बजेट रहेको छ ।  

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको सो नगरसभामा वार्षिक प्रतिवेदन उपप्रमुख कमरुद्दिन राईले प्रस्तुत गरेका थिए । विभिन्न समस्या समाधानका लागि आफ्नो वडाका विषयमा वडाध्यक्षहरुले धारणा राखेका थिए ।  
 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १ : १६ बजे

बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ?

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा