निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने  « Khabarhub

निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने 


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिएमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

२४ फागुनमा बसेको स्वास्थ्य बिमा बोर्डको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।

निजी स्वास्थ्य संस्थामा निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने यो व्यवस्था लागु हुने छैन । यसअघि सह भुक्तानी कार्यविधिअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले १५ शैय्यासम्मका आधारभूत अस्पतालमा भने सह भुक्तानी व्यवस्था लागु हुने छैन । १५ शैय्यामाथिका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा सेवा लिनेहरूले १० प्रतिशत सह भुक्तानी गर्नुपर्नेछ । बैठकले यसअघि ४ वटा साइकलमा हुने स्वास्थ्य बिमालाई ६ वटा साइकल बनाउने, चक्रको अन्तिममा पारिवारिक विवरणहरू परिवर्तन गर्ने, प्रत्येक महिना भर्चुअल बैठक गर्ने, नियमावलीको अनुसूचीमा रहेको जागिरे १ प्रतिशत तलबबाट १ प्रतिशत रोजगारदाताले गर्नेमा बढीमा १० हजार रुपैयाँसम्म खर्च भन्ने शब्द हटाइएको छ ।

यस्तै, बोर्डको बैठकले स्वास्थ्य बिमा नियमावलीमा रहेका केही बुँदा संशोधन गर्ने प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय गरेको पनि उनले जानकारी दिए । साथै, बैठकले निजी अस्पतालहरू, मेडिकल कलेजहरू, आँखा अस्पताल, राष्ट्रिय स्तरका प्रयोगशालाहरू आवश्यकताअनुसार नियमअनुसार बिमामा आबद्ध गर्दै जाने निर्णयसमेत गरेको डा.बसौलाले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १२ : ०४ बजे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी