निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने  « Khabarhub

निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने 


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिएमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

२४ फागुनमा बसेको स्वास्थ्य बिमा बोर्डको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।

निजी स्वास्थ्य संस्थामा निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने यो व्यवस्था लागु हुने छैन । यसअघि सह भुक्तानी कार्यविधिअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले १५ शैय्यासम्मका आधारभूत अस्पतालमा भने सह भुक्तानी व्यवस्था लागु हुने छैन । १५ शैय्यामाथिका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा सेवा लिनेहरूले १० प्रतिशत सह भुक्तानी गर्नुपर्नेछ । बैठकले यसअघि ४ वटा साइकलमा हुने स्वास्थ्य बिमालाई ६ वटा साइकल बनाउने, चक्रको अन्तिममा पारिवारिक विवरणहरू परिवर्तन गर्ने, प्रत्येक महिना भर्चुअल बैठक गर्ने, नियमावलीको अनुसूचीमा रहेको जागिरे १ प्रतिशत तलबबाट १ प्रतिशत रोजगारदाताले गर्नेमा बढीमा १० हजार रुपैयाँसम्म खर्च भन्ने शब्द हटाइएको छ ।

यस्तै, बोर्डको बैठकले स्वास्थ्य बिमा नियमावलीमा रहेका केही बुँदा संशोधन गर्ने प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय गरेको पनि उनले जानकारी दिए । साथै, बैठकले निजी अस्पतालहरू, मेडिकल कलेजहरू, आँखा अस्पताल, राष्ट्रिय स्तरका प्रयोगशालाहरू आवश्यकताअनुसार नियमअनुसार बिमामा आबद्ध गर्दै जाने निर्णयसमेत गरेको डा.बसौलाले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १२ : ०४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर