रुपन्देहीमा एक्स्ट्राटेक लिजेन्ड कप टी-१० प्रतियोगिता सुरु « Khabarhub

रुपन्देहीमा एक्स्ट्राटेक लिजेन्ड कप टी-१० प्रतियोगिता सुरु


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीको तिलोत्तमामा नेपाली क्रिकेट क्षेत्रमा लेजेन्डहरू सहभागी लिजेन्ड कप टी-१० प्रतियोगिता सुरु भएको छ ।

तिलोत्तमा-१७ मा नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनको अवसरमा एक्स्ट्राटेक लिजेन्ड कप टी-१० प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

पहिलो खेल सन् १९९६ र सन् २०१४ मा मुलुकबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने टिमबीच भइरहेको छ । सन् १९९६ को टीमको नेतृत्व एलबी क्षेत्री र सन् २०१४ टीमको नेतृत्व पूर्व राष्ट्रिय क्याप्टेन पारस खड्काले गरिरहेका छन् ।

एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १२ : ३० बजे

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित