दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो | Khabarhub Khabarhub

दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सियोल थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अंकमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्यांकले देखाएको हो । 

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ ।

जनवरीमा एक अंकको वृद्धि भएपनि बेरोजगारी दरको दावी फेब्रुअरीमा पुनः तल झरेको थियो ।

गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेब्रुअरीमा छ लाख २५ हजार ५०० थियो । गत वर्षको फेब्रुअरीदेखि लगातार बेरोजगारी दाबीमा वृद्धि हुँदै आएको छ ।

फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  २ : २४ बजे

अपराध अदालतको घोषणाले ल्याएको तरंग

युद्ध अपराध र मानवता विरोधी अपराधका कारण जेल जान सक्ने

‘लू’बाट नागरिकलाई जोगाउन गृहको परिपत्र

काठमाडौ‌– गृह मन्त्रालयले तातो हावाको लहर ‘लू’बाट नागरिकलाई जोगाउनका लागि

कामिरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं– कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर आफ्नै

मालिकाको धुरीमा खानेपानीको व्यवस्था

म्याग्दी– म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते

आईपिएलको एलिमिनेटरमा आज आरसिबी र राजस्थानको भिडन्त

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार एलिमिनेटरमा रोयल