दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो « Khabarhub

दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

सियोल– थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अंकमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्यांकले देखाएको हो । 

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ ।

जनवरीमा एक अंकको वृद्धि भएपनि बेरोजगारी दरको दावी फेब्रुअरीमा पुनः तल झरेको थियो ।

गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेब्रुअरीमा छ लाख २५ हजार ५०० थियो । गत वर्षको फेब्रुअरीदेखि लगातार बेरोजगारी दाबीमा वृद्धि हुँदै आएको छ ।

फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  २ : २४ बजे

तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान

रुसी सैन्य विमानले जापानी हवाई क्षेत्र उल्लङ्घन गरेपछि लडाकु विमान परिचालन

टोकियो– दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

मोरङ– जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको

एमाले राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा, आज स्थायी कमिटी बैठक बस्दै

 काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते

भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

काठमाडौं – भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा