२५ औं फ्लोरा एक्स्पो चैत्रको पहिलो साता काठमाडौंमा हुने « Khabarhub

२५ औं फ्लोरा एक्स्पो चैत्रको पहिलो साता काठमाडौंमा हुने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काडमाडौं २५ औं फ्लोरा एक्स्पो चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा मेला पुष्प मेला आयोजना हुने जानकारी दिएको हो ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय ‘भन्ने मुल नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धन लागि एक्स्पो आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सिताराम पन्तले जानकारी दिए । एक्स्पोमा व्यवसायीक स्टल ६० वटा , ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने छन् भने मेलामा आलंकारिक बोट बिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहने उनले बताए । 

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरू बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ । एक्स्पो अवधिभर ५० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब एक करोडसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा लिएको मेला संयोजक पन्तले बताए ।

हाल देशभरका ४८ जिल्लामा करिव २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । आर्थिक बर्ष ०७९-८० मा रु ३ अर्ब ७ करोड भन्दा बढिको कारोबार भएको र अघिल्लो आर्थिक बर्षका तुलनामा ३३ दशमलव ६३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि भएको एशोसिएशनको भनाइ छ । 

त्यस्तै आर्थिक बर्ष ०७९-८० मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात रु ६८ दशमलव १८ लाख र आयाततर्फ भने करिव ३३ करोड बराबरको कारोबार भएको भन्सार विभागको तथ्याङ्क रहेको छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  २ : ४७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको