मङ्गोलियामा चिसोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु « Khabarhub

मङ्गोलियामा चिसोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

उलान बाटोर– मङ्गोलियामा यो वर्षको अत्यधिक चिसो हिउँदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले जनाएको छ ।

मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ । 

चिसोका कारण हिउ पर्ने र जमिन जमेको हिउँले ढाकिएको कारण ठूलो सङ्ख्यामा प्राणीहरू मर्छन् ।

मङ्गोलियाको मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस वर्षको जाडोमा सामान्यभन्दा धेरै हिम वर्षा र जाडोको सामना गरेको छ ।  मङ्गोलियाको लगभग ८० प्रतिशत क्षेत्र हिउँले ढाकिएको छ । 

जीवित घुमन्तेहरूको देश मङ्गोलियाले कठोर जाडोले ठुलो पशुधनको क्षतिको कारण यसको प्रकोप तयारीलाई उच्च बनाएको छ ।

पशुपालनको प्रर्वद्धनलाई जमिनले घेरिएको देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ ।

सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : २१ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा